हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाका नयाँ कमेडी गीत ‘झ्याना पुल्टुङ ना पुल्टुङ’ सार्वजनिक भएको छ । यसअघि ‘स्यान्ताराम’ बोलको गीतले चर्चा पाएपछि निकै खुशी भएका राईले नयाँ गीतको भिडियो ल्याएका हुन् । यो गीतमा विल्सनकै शब्द तथा स्वर छ भने डम्बर नेपालीले संगीत भरेका छन् । भिडियोमा विल्सन आफैं, कृष्टिना, कुविर, सपना, विशाल राई , दिपेन, रोहित लगायत देखिएका छन् । विक्रम डीसीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको भिडियोलाई राइकै आफैंले निर्देशन गरेका हुन् ।

YOUR REACTION?

Facebook Conversations