आमिर खानको फिल्म ‘दंगल’को ट्रेलर रिलिज भएको छ। डिसेम्बर २३ मा रिलिज हुने फिल्म निकै प्रतिक्षित छ।

फिल्म हरियाणाका महावीर सिंहको यथार्थ कथामा आधारित छ। जसका दुई छोरी हुन्छन्, गीता र बबिता। महावीरले पहिले छोरा जन्मिने र रेस्लिङमा गोल्ड मेडल जित्ने सपना देखेका हुन्छन्, जुन पहिले महावीरको अाफ्नो सपना थियो। तर, उनका दुवै छोरी जन्मिन्छन् र बाबुको सपना पुरा गर्छन्। आमिर तिनै छोरीलाई विश्वचर्चित रेस्लर बनाउन तालिम दिने बाबुको भूमिकामा छन्।

आफ्नो चरित्रलाई जिवन्त बनाउन अत्यन्तै मेहनत गर्ने भएकाले बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ उपाधि पाएका आमिरले दंगलमा पनि निकै मेहनत गरेका छन्। यसकारण पनि फिल्मका कुनै पनि सामग्री सार्वजनिक हुनुअगावै फिल्म बहुप्रतिक्षित बनेको थियो।

 नितेश तिवारी निर्देशित फिल्ममा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्। फिल्मका निर्मातामध्ये आमिर पनि एक हुन्।

YOUR REACTION?

Facebook Conversations