रुस्तमपुराको पार्क एभेन्यू अपार्टमेन्टमा बस्दै आएका कृणाल कापडिया डाइङ प्रिन्टिङ मा सुपरभाइजर पदमा काम गर्दछन् । कृणालको विवाह करिब ५ बर्ष अगाडी मोहिनी सँग भएको थियो । उनको परिवारमा ४ बर्षीय छोरा पनि छन् । मंगलबार दिउँसो मोहिनी घरमा एक्लै थिइन् । आफ्नो पति काममा गएका थिए, छोरा स्कूल र ससुरा केहि कामले घरबाट बाहिर थिए ।

भारत गुजरातको एक शहर रुस्तमपुरा इलाकामा सोमबार बिहान एक विवाहित महिलाले पासो लगाएर आत्महत्या गरेकी छन् । उक्त युवतिलाई उनकै ससुराले अर्कै युवक सँग घरमा रङ्गेहात पक्राउ गरेका थिए । बदनाम हुने डरले उनले फासी लगाएको हुन सक्ने बताइएको छ  । पुलिसले घटनाबारे थप अनुसन्धानका लागी शवलाई पोस्टमार्टम गरी हिजो बिहान (बिहिबार) परिवारलाई बुझाएको छ ।



खाट मुनी लुकेको थियो प्रेमी...



रुस्तमपुराको पार्क एभेन्यू अपार्टमेन्टमा बस्दै आएका कृणाल कापडिया डाइङ प्रिन्टिङ मा सुपरभाइजर पदमा काम गर्दछन् । कृणालको विवाह करिब ५ बर्ष अगाडी मोहिनी सँग भएको थियो । उनको परिवारमा ४ बर्षीय छोरा पनि छन् । मंगलबार दिउँसो मोहिनी घरमा एक्लै थिइन् । आफ्नो पति काममा गएका थिए, छोरा स्कूल र ससुरा केहि कामले घरबाट बाहिर थिए ।



मनोजभाईको बाबु पुरुषोत्तमले बताए अनुसार, उनि कुनै सरकारी अधिकारी सँग भेट्नका लागि घरबाट बाहिर गएका थिए तर उनको भेटघाट नभएपछि उनि चाँडो घर फर्कीए । उनले बुहारी मोहिनीको बाहेक घरमा अन्य कोहि भएको शंका लागेपछि र मोहिनीले पनि ढिलो ढोका खेलेका कारण पुरुषोत्तमपनि उनको पछि पछि उनको कोठामा चेकजाँच गर्न थाले त्यही क्रममा खाट मुनि एक युवक लुकेका थिए । पुरुषोत्तमले उक्त युवकलाई पक्रने कोशिस गरेका थिए तर ति युवकले उनलाई धक्का मार्दै भाग्न सफल भए । पुरुषोत्तम पनि उनको पछि पछि भागे केहि समय पछि उनी घर फर्कदा मोहिनीलाई उनको आफ्नै कोठामा पासो लगाइ झुण्डिरहेको अवस्थामा पाए । । उक्त युवक मोहिनीको  प्रेमी थिए, जिसको पहिचान धर्मेशको रुपमा भएको छ । धर्मेश पनि विवाहित हुन।



यस घटनाको भिडियो सामाजिक संजालमा भाइरल



पुलिसले यो घटना पछि अपार्टमेन्ट बाहिर लगाइएको सीसीटीवी फुटेजको जाँच गरेको छ । जसमा देखिए अनुसार, मोहिनी स्वयं पहिला धर्मेशलाई बोलाउनको लागि अपार्टमेन्ट बाहर आएकी छिन् । त्यसपछि धर्मेश फोनमा कुराकानी गर्ने बहानामा अपार्टमेन्टमा प्रवेश गर्दछन् । सुसाइड भइसकेपछि मोहिनीलाई उनको पति कृणालले आफ्नो काँधमा राखेर अस्पताल तर्फ भाग्दछन् ।


source-onlineakhabar.com

YOUR REACTION?

Facebook Conversations