केहि दिन यता नेपालमा निकै भाइरल भएको कुरा हो “रातो नम्बर” । यो कुरा यति चाँडो फैलियो कि नेपाल अधिराज्य भर यस बारे थाहा नहुने कोहि भएन । सबैको मुखबाट रातो नम्बर उठाउँदा यस्तो भयो अरे.. भन्ने कुराहरु मात्र सुनियो तर कसैले पनि साँचिकै यस्तो भयो भनेर चाहि कसैले भनेनन् ।

सामाजिक संजालमा यस्तो त्रास फैलिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले यस बिषयमा अनुसन्धान गरिरहेको छ । यस्तै अनुसन्धानको क्रममा एक नेपाली गायिकाले त्यस्तै रातो नम्बर सम्बन्धी समाजमा त्रास पैदा हुने खालको स्टाटस सामाजिक संजालमा सेयर गरेकी थिइन् । त्यही अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई सोधपुछको लागि बोलाएको थियो ।

ब्यूरो भन्छ, बास्तविकता नबुझी कुनैपनि कुरालाई सेयर गर्न अगाडी सोच्नुहोस् । किनभने समाजमा त्रास फैलाउने कार्य गरेको अभियोगमा तपाई पनि पक्राउ पर्न सक्नुहुन्छ र सँजायको भागिदार हुन सक्नुहुन्छ । त्यसैले यस्ता अनावश्यक अवास्तविक कुराको पछाडि नलाग्नुहोस् र प्रत्साहन पनि नदिनुहोस् 

Source : np.raranews.com

YOUR REACTION?

Facebook Conversations