नाइजेरियन महिला आयशा दानुपाभाले आफ्नो श्रीमानको लिंग साह्रै ठुलो भएको भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा हालेकी छन् । एक साताअघि मात्र भएको विवाह बदर गर्न माग गर्दै उनले मुद्दा हालेकी हुन् । आफ्नो श्रीमान अली मैजिनारीको लिंग धेरै ठुलो भएकाले आफूले सम्बन्ध विच्छेद गर्न चाहेको महिलाको भनाइ छ।

उनले रिटमा भनेकी छन्–हामीले शारीरिक सम्बन्ध कायम ग¥यौ, तर यो अनुभव कुनै खराब सपमनाजस्तो सावित भयो ।

मेल अनलाइनमा प्रकाशित समाचारअनुसार स्थानीय संचार माध्यमले आयशा एक गृहिणी महिला हुन् । उनका तीन सन्तान छन् । उनले एक साताअघि मात्र गरेको दोस्रो विवाह बदर गर्न माग गर्दै उनले नाइजेरियाको जम्फारा स्टेटस्थित एक इस्लामिक शरिया अदालतमा मुद्दा हालेकी हुन् । अदालतले पनि उनीहरुको विवाह बदर गर्न आदेश दिएको छ। महिलाले अदालतमा आफूले मैजिनारीसँग पहिलो विवाह असफल भएकाले विवाह गरेको बताएकी छन् ।

स्थानीय परम्पराअनुसार विवाहपछि आफ्नो श्रीमानको घर जानुअघि श्रीमतीलाई बेहुलाको आमाबाबुको घर आमन्त्रित गरिन् । तर जब उनीहरुले सेक्स गरे तब आयशाले आफूलाई पीडा भएको बताइन् । नाइजेरिया ट्रिब्युनका अनुसार उनले अदालतमा भनिन्–जब उनी आए तब हामीले सेक्स ग¥यौ, तर यो कुनै खराब सपना जस्तो थियो । सेक्सको आनन्द लिनुको सट्टा यो अरु नै सावित भयो । किनभने उनको लिंग धेरै ठुलो थियो । पहिलोपटक सेक्समा असफल भएपछि आयशाले औषधि सेवन गरिन् ।

YOUR REACTION?

Facebook Conversations