करिना कपुर आमा बनेपछि उनलाई भेट्न अस्पतालमा सेलिब्रिटीको ताँती लागेको थियो । खान र कपुर खानदानका साथै थुप्रै चर्चित अनुहार करिना र उनको छोरा तैमुरको अवस्था जान्नका लागि अस्पतालमा पुगेका थिए । उनलाई सैफ र अम्रिताका छोरा इब्राहिमले पनि अस्पतालमा भेट्न गएका थिए ।

बुधबार आफ्नो भाइलाई हेर्न पुगेका इब्राहिम अली खान पटौदीले क्यामरा अगाडि देख्नेबित्तिकै आफ्नो मुख छोपे । यतिमात्र होइन, उनले आफ्नो फोटो कसैले पनि खिच्न नसकून् भनी आफ्नो शिर पूर्ण रुपमा झुकाएको देख्न सकिन्छ 

YOUR REACTION?

Facebook Conversations