बेलायतमा एक ४४ वर्षीय पुरुषलाई सेक्स अफरको ओइरो लागेको छ । तीन दिनमै उनलाई ५० भन्दा बढी महिलाले सेक्स प्रस्ताव राखेका छन् ।

उनलाई एकाएक यसरी ‘सेक्स अफर’ आउनुको कारण हो कृत्रिम लिंग प्रत्यारोपण । मोहम्मद अबद नामका उनले भर्खरै कृत्रिम पुरुष जनेन्द्रिय (लिंग)को प्रत्यारोपण गरेका थिए ।

६ वर्षकै उमेरमा दुर्घटनामा परेर लिंगसहित एउटा अंडकोषसमेत गुमाएका मोहम्मदसँग एक अंडकोष मात्रै थियो ।

कृत्रिम लिंग प्रत्यारोपणपछि अब उनी बाबु बन्न सक्ने चिकित्सकहरुको भनाई छ ।

‘सेक्स अफर’को यसरी ओइरो लाग्यो

मोहम्मदले बेलायती सञ्चारमाध्यमसँग कृत्रिम लिंग प्रत्यारोपणपछि आफूलाई ‘सेक्स अफर’को आइरो लागेको बताएका छन् । तीन दिनमै ५० बढी महिलाले म्यासेज गरेर अफर गरेको उनले जानकारी दिए ।

‘मलाई अनलाइनमा धेरै महिलाहरूले सेक्स अफर गरेका छन् । उनीहरूले मेरो कृत्रिम लिंगले बिनाकुनै समस्या लामो समय काम गर्ने भएकाले यस्तो अफर आएको हो,’ उनले थपे- ‘उनीहरूले मैले प्रत्यारोपण गरेको लिंगको बारेमा सुनेकाले अनुभव गर्न चाहेको बताउने गरेका छन् ।’

अब विहे गरेर घरबार गर्ने चाहना

मोहम्मदले आफूले अब विहे गरेर घरबार बसाउन चाहेको बताएका छन् । उनका परिवारले उनका लागि केटी हेर्ने काम गरिरहेको बताइएको छ ।

कृत्रिम लिंग प्रत्यारोपणपछि बाबु बन्न हौसिएका उनी भन्छन्– ‘लिंगको माथिल्लो भागमा दुईवटा ट्युव जडान गरिएको छ र त्यस्को स्वीच अन गर्नासाथ लिंगमा पानी भरिएर आउँछ । अब बाबु बन्छु जस्तो लाग्छ ।’

YOUR REACTION?

Facebook Conversations