वाशिंटन डिसी (अमेरिका), ९ मंसिर । अमेरिकाको आम निर्वाचन भएको दुई हप्ता पार गरिसकेको छ । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप यस संक्रमणकालिन अवस्थामा मन्त्रिमण्डल बिस्तारमा व्यापक लागेका छन् ।

– विजय थापा (daininnepal.com)

पछिल्लो लोकप्रिय मत गणना अनुसार हिलारीले ६ करोड ४२ लाख प्राप्त गरेकी छिन् भने डोनाल्ड ट्रंपले ६ करोड २२ लाख प्राप्त गरेको आंकडाले देखाएको छ । कालिफोर्नियामा मात्र हिलारीको पक्षमा ३७ लाख पाएकी छिन् । लोकप्रिय मतले निर्वाचन जितिदैन । तर, लोकप्रिय मतमा हिलारी २० लाखले निर्वाचित राष्ट्रपतिभन्दा अगाडी छिन् ।

तर, अझै पनि निर्वाचक मत (इलेक्टोरल) को समस्या देखा परिरहेको छ । चुनावमा बिजयी भएता पनि राष्ट्रपति बन्न डोनाल्ड ट्रम्पले अझै एक चरण उतिर्ण गर्नुपर्छ । अर्थात २ सय ७० निर्वाचन मत महाबिद्यालय (कलेज)को मत पाउनु पर्छ । आगामी डिसेम्बर १९ को निर्वाचनमा २ सय ७० निर्वाचक मत ट्रंपले पाएनन् भने राष्ट्रपति हुने छैनन् । तर, त्यस्तो हुने अवस्था न्यून छ । यदि यसो भइहाल्यो भने डेमोक्रेट हिलारी क्लिन्टनलाई ह्वाइट हाउस जाने बाटो खुल्नेछ ।

पछिल्लो लोकप्रिय मत गणना अनुसार हिलारीले ६ करोड ४२ लाख प्राप्त गरेकी छिन् भने डोनाल्ड ट्रंपले ६ करोड २२ लाख प्राप्त गरेको आंकडाले देखाएको छ । कालिफोर्नियामा मात्र हिलारीको पक्षमा ३७ लाख पाएकी छिन् । लोकप्रिय मतले निर्वाचन जितिदैन । लोकप्रिय मतमा हिलारी २० लाखले निर्वाचित राष्ट्रपति भन्दा अगाडी छिन् 

तीन राज्यमा पुन मतगणना गराउन विज्ञको सुझाव

तीन राज्यमा पुन मतगणना गराउन विज्ञको सुझाव

अमेरिकामा उत्कृष्ट सुसांख्य यन्त्र (कम्प्युटर) बैज्ञानिकहरुले अमेरिकी निर्वाचनमा अनाधिकृत प्रवेश (ह्याक) भएको पत्ता लगाएको दाबी गरेका छन् । र, उनीहरुले हिलारी क्लिन्टन चुनाव अभियान टोलीलाई विस्कनसिन, मिचिगन तथा पेनसेल भेनिया राज्यमा पुन मतगणनाको पहल गर्न अनुरोध गरेका छन् ।

वैज्ञानिकहरुले हिलारीको पक्षमा परेका मत ह्याक भएको भन्दै पुनर्गणनाको माग गरेका छन् र यो विषय अहिले चर्चामा आएको छ । ह्याकरहरुले हिलारीको पक्षमा परेका मत चोरेर ट्रम्पलाई सहज पारेको बैज्ञानिकहरुको दावी छ ।

गत बुधबारदेखि नै यो कुरा संचार माध्यममा आइरहेका छन् भने केहि प्रमाण फेला पारेको र तिकडम गरेको दाबी गरेको पत्र पत्रिकाले लेखेका छन् । विस्कनसिन, मिचिगन तथा पेनसेलभेनिया राज्यहरुमा अधिकांश डेमोक्रेटिक दलले जित्ने गरेको तर यस पटक हिलारी पराजित भएकोले उक्त राज्यहरुमा अनाधिकृत प्रवेश (ह्याक) भएको बैज्ञानिकहरुले दाबी गरेको सीएनएनले लेखेको छ ।

उक्त बैज्ञानिकहरुले क्लिन्टनका उच्च सहयोगीहरुसंग भेटी फेला परेको कुराहरु प्रस्तुत गरेको समाचार छापेको छ । मिचिगन बिश्व बिद्यालयका केन्द्रका कम्प्युटर सुरक्षा तथा समाजका बैज्ञानिकमध्ये जे एलेक्स हाल्डरम्यानले क्लिन्टन निर्वाचन प्रचार प्रसार अभियानलाई जानकारी दिएका थिए । क्लिन्टनले ज्यादै खराब नतिजा प्राप्त गरेका काउन्टीका मतदान पत्र, अन्य उपकरण बिद्युतीय मतदान यन्त्रको तुलनामा शंकास्पद रहेको श्रोत अनुसार भनेको छ ।

उक्त अनुसन्धान समूहले जोन पोडेस्ता, क्लिन्टन चुनाव अभियान सभापति, मार्क इलियस, अभियान परामर्श दातालाई सूचना दिएका छन् । क्लिन्टनले केवल ७ प्रतिशत मत त्यी काउन्टीमा पाएकी थिइन् जुन बिद्युतीय मतदान उपकरणमा निर्भर रहेको थियो । जसमा समूहले यसमा अनाधिकृत प्रवेस (ह्याक) भएको हुन् सक्दछ भनि दाबी गरेको सीएनएनले लेखेको छ 

YOUR REACTION?

Facebook Conversations