कहिलेकाहिँ यस्तो लाग्छ, केटीलाई खरको झुपडि सोच्छन् केटाहरु, आगो लाउनासाथ जलिहाल्ने । नौनी घिउजस्तै पग्लिहाल्ने । घाम चर्किदा र पानी पर्दा ओड्ने छाता, पानीपर्दा ओड्ने रेनकाेट सम्झिन्छन् कि के हो ?
प्राय केटाहरु मज्जा लिनको लागि केटी जिस्काउँछन् रे । लेखकलाई लेख्न मज्जा लागेजस्तै, किसानलाई खेत प्यारो लागेजस्तै, एडिक्टलाई ड्रग प्यारो लागेजस्तै । मज्जा लिनलाई केटी नै जिस्क्याउनु पर्छ र ?

केटी देख्नै नहुने जिस्काईहाल्नुपर्ने । जिस्काउँदा मज्जा आउँछ हो ? संसारको सबै खुसी प्राप्त गर्छन कि के हो ? ग्यारेजमा गाडी बनाउँदै गरेको सानो फुच्चे समेत बाटोमा केटी देख्यो भने, ओहो ! राम्री भएर कता भन्न थाल्छ । बसको खलासीले फिर्ता पैसा माग्दा जिस्किन्छ, भोली दिउँला हुँदैन भन्दै । झर्ने बेलामा भन्छ, अल्लि अगाडि रोकिदिँदा हुँदैन । मैया एकपटक यता फर्केर हेर न । जब केटीहरु बोल्दै हिँडिरहेका हु्न्छन् त्यतिबेला उनीहरुको कुरामा जवाफ दिन्छन् अल्लारे केटाहरु ।
बाटोमा हिँड्दा, कता हो ?
म पुर्याईदिउँ भन्छन् ।
लाग्छ केटाहरु केटी साधन हुन, नत्र के खाँचो उनीहरुलाई पुर्याईदिउँ भन्नलाई ।
गाउँघरतिर महिलाहरु पुरुषको साधन बनेका छन् भने पुरुषहरु सहरतिर महिलाको साधन बन्न खोजेका हुन कि ?
कुलो खन्दै गरेको मान्छे समेत जिस्किन खोज्छ । त्यताबाट लडिएला एता हिँड् ।
शिक्षक समेत आफूलाई मन परेको विद्यार्थीसँग जिस्किन खोज्छन् ।
प्रहरीको त कुरै नगरौं, दुई कोस परबाट झिस्काउन तमतयार रहन्छन् ।
यसरी शिक्षकदेखि खलासीसम्म जिस्किन खोज्दा मेरो मनमा धेरै प्रश्नहरु उठ्छन्, पानीको मुल फुटेजस्तै गरि ।
जब म एक्लै घुम्न निस्किन्छु त्यतिबेला मलाई पनि जिस्काउनेको कमि हुँदैन् । साथी आईदिउ । साथी चाहिएको भए त आफैँ खोजेर हिँडिहाल्थे नि । खोकी नलाग्दा नलाग्दै पनि खोकेको बाहाना गर्छन केहि जवानहरु । जब म एक्लै कतै बसिरहेकी हुन्छु यहाँ त सितल रहेछ बसुम न एकछिन भन्दै हिँड्छन् ।
स्ट्रेट गरेको कपाल बिग्रिन लागेछ । त्यो त मलाई पनि थाहा छ नि । कति न आफैँले गर्दिने जस्तो सुनाईराख्नुपर्ने । जिस्काउने प्रवृति नरुचाउने म अनि जिस्किँदै हिँड्ने अल्लारे जवानहरु । एउटा शिक्षकले भनेको कुरा याद आउँछ । केटाहरु किन कागज ढल्लो पारेर केटीलाई ताक्छन् ? आफूले छुन नपाएपनि आफूले हानेको कागजले केटीलाई छुन पाए आनन्द आउँछ रे । सायद जिस्काउन पाए र केटीले एक लुक्स दिई भनेर आनन्द आउँछ होला ।
फेसबुकमा च्याट गर्दै गर्दा, खाना खायौ ?
उम खाए ।
मलाई खोई त भन्दा पनि झिस्काएझै लाग्छ ।
सायद केटासँग बोल्दा उनीहरु त्यसो भन्दैनन् । तर केटीलाई च्याटमै भएपनि झिस्काउन छोडदैनन् ।
जब केटाहरुको ग्याङ अगाडि पुगिन्छ तब जिस्काउँछन् भन्ने पक्का हुन्छ ।
कहिलेकाहिँ यस्तो लाग्छ, केटीलाई खरको झुपडि सोच्छन् केटाहरु, आगो लाउनासाथ जलिहाल्ने । नौनी घिउजस्तै पग्लिहाल्ने । घाम चर्किदा र पानी पर्दा ओड्ने छाता, पानीपर्दा ओड्ने रेनकाेट सम्झिन्छन् कि के हो ?
प्राय केटाहरु मज्जा लिनको लागि केटी जिस्काउँछन् रे । लेखकलाई लेख्न मज्जा लागेजस्तै, किसानलाई खेत प्यारो लागेजस्तै, एडिक्टलाई ड्रग प्यारो लागेजस्तै । मज्जा लिनलाई केटी नै जिस्क्याउनु पर्छ र ? यो प्रश्न मज्जा लिन केटि जिस्काउने केटाहरुको लागि ।
केहि केटा विपरित लिङगप्रतिको आर्कषणले केटी जिस्काउँछन् रे । के उनीहरुलाई बाटोमा हिँड्ने सबै केटिप्रति आर्कषण हुन्छ ? कोहि केटी छोड्दैनन । मिनीस्कर्ट लगाउनेदेखि साडी लगाउनेसम्मलाई जिस्काउन भ्याउँछन् ।
हुनत जिस्काउँदा कतिको भाग्य चम्केको होला । लभ पर्याे होला । बिहे भयो होला । तर के ति सम्बन्धहरु स्थायी होलान र ? प्राईभेट जागिरजस्तै अस्थाही पो हुन कि ?
आजकल केटीहरु पनि जिस्काउन कम छैनन् भनेर एकजना मित्रले भन्दै थिए । समूहमा हिँड्दा पाएभने केटीहरु पनि छोड्दैन । यसरी जिस्किने अनि जिस्काउने प्रवृति कति हदसम्म राम्रो हो । म भने यसलाई असभ्य संसारकै रुपमा बुझ्छु । जिस्काउनेहरु सबै असभ्य नै लाग्छ । बेरोजगारीको खाडलमा पुरिदा समय काट्ने माध्यम पो हो कि ?

Source http://www.osnepal.com/226316

YOUR REACTION?

Facebook Conversations