इन्टरनेट प्रयोग गर्दा अधिकांशले भोग्नुपर्ने समस्या हो– वाइफाई सिग्नल कमजोर । एउटै घरमा कुनै कोठामा सिग्नल राम्रो देखाउँछ भने अर्को कोठामा कमजोर हुन्छ ।

इन्टरनेट प्रयोग गर्दा अधिकांशले भोग्नुपर्ने समस्या हो– वाइफाई सिग्नल कमजोर । एउटै घरमा कुनै कोठामा सिग्नल राम्रो देखाउँछ भने अर्को कोठामा कमजोर हुन्छ । त्यस्तै, एकैछिनमा सिग्नल देखाउने र फेरि हराउने समस्या पनि हुन्छ । किन हुन्छ त यस्तो समस्या ? घरमा वाइफाईको सिग्नल कमजोर देखाउनुका कारण तथा त्यसका समाधानबारे डिआइटी सोलुसनका प्रशिक्षक सुदीप घिमिरेको सुझाब यस्तो छः

राउटरलाई घरको बीच भागमा राख्नु उपयुक्त हुन्छ । घरको केन्द्रबिन्दुमा राउटर राख्दा सबै भागमा सिग्नल बराबर पुग्छ ।

राउटर राख्ने स्थान चयन गर्नुपर्दा क्लाउडचेकको सहयोग लिन सकिन्छ । यसले पूरै घरको वाइफाई रुट थाहा हुन्छ । जसले गर्दा सिग्नल कमजोर भएको क्षेत्र थाहा हुन्छ ।

राउटरलाई कहिल्यै भुइँमा राख्नुहुँदैन । त्यसलाई कम्तीमा पनि भुइँदेखि २ फिटको उचाइमा राख्नुपर्छ । किनकि, सिग्नलको दिशा केही तलको भागमा हुन्छ । जसले गर्दा राउटर भुइँमा राख्दा सिग्नलको बाटो अवरुद्ध हुन सक्छ ।

राउटरलाई टिभी क्याबिनेट वा पर्दापछाडि राख्नुहुँदैन । यसलाई खुला स्थानमा राख्दा फ्री सिग्नल हुने कारण गति पनि केही बढी नै हुन्छ ।

राउटरलाई टिभी, कर्डलेस, माइक्रोवेभ, फ्रिजजस्ता विद्युतीय उपकरणबाट टाढा राख्नुपर्छ । यस्ता उपकरणले इलेक्ट्रोमेग्नेटिभ वेभ छोड्ने कारण राउटरको सिग्नललाई बाधा पुग्छ ।

वाइफाईको पासवार्ड चोरी हुन नदिन पनि सचेत रहनुपर्छ । त्यसैले पासवर्ड कसैले पनि अनुमान गर्न नसक्ने राख्नुपर्छ । अल्फाबेट, न्युमेरिकल वा अन्य सिग्नल पनि मिसाएर पासवर्ड बनाउनु उचित हुन्छ ।

राउटर सफ्टवेयरलाई अपग्रेड गरिरहनुपर्छ । विशेषगरी पुरानो राउटर छ भने अझ बढी ख्याल राख्नुपर्छ ।

इन्टरनेट सर्भिस प्रोभाइडरका कारण पनि सिग्नलमा असर पुगेको हुन सक्छ । यो विषयमा धेरैलाई अप्ठ्रो पर्न सक्छ, सर्भिस प्रोभाइडरको कारण सिग्नल कमजोर भएको हो कि राउटरको कारण यस्तो भएको हो ।

यदि वाइफाई कनेक्ट र राउटरसँग डाइरेक्ट कनेक्ट गर्दा पनि नेट स्लो छ भने सर्भिस प्रोभाइडरको कारण यस्तो भएको हो । यसका लागि स्पिड टेस्टको मद्दत लिन सकिन्छ ।

नयाँ पत्रिकाबाट

YOUR REACTION?

Facebook Conversations