रियलिटी स्टार किम कार्दशियन सधैं कुनै न कुनै कारणले चर्चाको शिखरमा रहने गर्दछिन् । यतिबेला भने उनी जुन कारणले चर्चामा छिन् त्यो सुनेर सबै आश्चर्यमा पर्नेछन् ।

रियलिटी स्टार किम कार्दशियन सधैं कुनै न कुनै कारणले चर्चाको शिखरमा रहने गर्दछिन् । यतिबेला भने उनी जुन कारणले चर्चामा छिन् त्यो सुनेर सबै आश्चर्यमा पर्नेछन् ।

घटना अनुसार हालै किम एक एउटा विचित्रको घटनाको शिकार बनिन् । एक जना व्यत्तिले किमकोब्याक भागमा किस गर्ने कोशिस गरेपछि उनी चर्चामा आएकी हुन् ।

यद्यपि सुरक्षा गार्डले उक्त व्यक्तिलाई समातेपछि किस गर्न भने पाएनन् । हाल पेरिसमा फेशन वीक चलिरहेको छ । किम कार्दशियन पनि त्यसमा भाग लिन पेरिसमै छिन् ।

फ्री टाइममा उनी एउटा फेशन हाउस पुगेकी थिइन् । त्यहाँबाट जब उनी बाहिर निस्किइन तब युक्रेनका पत्रकार भिटाली सिजकले उनको बटलाई किस गर्ने कोशिस गरे ।

अचानक भएको यो घटनाले किम निकै हडबडाइन् । किमका साथ भएको यो घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

स्मरणरहोस हलिउड स्टारहरुका साथ यसप्रकारको कार्य गर्ने विषयमा पत्रकार भिटाली चर्चित छ ।

केही अघि उनले सुपरस्टार मोडल गिगी हैदिदलाई पनि काखमा उठाएका थिए । त्यतिबेला उनले गालामा चड्कनसमेत खाएका थिए ।

एजेन्सीको सहयोगमा

YOUR REACTION?

Facebook Conversations