ओखलढुंगा मुलखर्क १ ओख्रेका २० बर्षीय अनिका तामाङ्लाई ब्लड क्यान्सर भएको र आर्थिक अवस्था कमजोर रहेको कारण अाफ्नो जीवन बचाइ दिनका लागि सबै संग सहयोगको लागि आग्रह गर्दै गरेका छन् ।

काठमाण्डौ – ओखलढुंगा मुलखर्क १ ओख्रेका २० बर्षीय अनिका तामाङ्लाई ब्लड क्यान्सर भएको र आर्थिक अवस्था कमजोर रहेको कारण अाफ्नो जीवन बचाइ दिनका लागि सबै संग सहयोगको लागि आग्रह गर्दै गरेका छन् ।

अनिकाको बुबाको केही बर्ष अगाडि मृत्यु भइसकेको र परिवारको आर्थिक अबस्था कमजोर भएकै कारण सबैले सहयोग गरे आफु बाँच्न सक्ने आशा रहेको उनी बताउंछन् ।

गुल्मिको स्वस्थ्य चौकीमा अनमीको रुपमा अस्थायी कर्मचारीको रुपमा कार्यरत अनिकाको अहिले महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा ६२३ नम्बरको बेडमा उपचाररत् छिन् ।

तपाईं हाम्रो सानो सहयोगले नै अनिकाले नया जिन्दगी पाउन सक्ने हुनाले विभिन्न सामाजिक संघ संस्था,देश बिदेशमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनीहरुमा आर्थिक सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गरिएको छ ।

बिरामीको अवस्था बारे बुझ्न ९८४१४९८५४६, ९८५११४६५४६, ९८५१०३९८१७ सम्पर्क गरेर बुझ्न सक्नु हुने छ वा ग्रेटर तामसालिङ् मिडियाको काठमाडौं प्रतिनिधी वाङ्जु वाईबा तामाङलाई सम्पर्क गरेर बुझ्न सक्नु हुने छ । – रेडियोताम्सालिंगबाट

YOUR REACTION?

Facebook Conversations