पृथ्वीका कुनै पनि भागमा जतिबेला पनि भूकम्प जानसक्छ । भूकम्प कत्रो र कहिले जान्छ भन्ने थाहा नहुने हुनाले सबैले आफ्नो तयारी भने गरिरहनुपर्छ ।कसैले यति समयमा यत्रो भूकम्प जाँदैछ भन्ने हल्ला गरेमा त्यसको पछि लाग्नु हुँदैन । यदि, भूकम्प गइहालेमा घर, पूल र बिजुलीका लाइनमा क्षति हुने हुनाले त्यसबेला सतर्क रहनुहोस् र आफ्नो सुरक्षित स्थान तय गर्नुहोस् ।

एजेन्सी– पृथ्वीका कुनै पनि भागमा जतिबेला पनि भूकम्प जानसक्छ । भूकम्प कत्रो र कहिले जान्छ भन्ने थाहा नहुने हुनाले सबैले आफ्नो तयारी भने गरिरहनुपर्छ ।कसैले यति समयमा यत्रो भूकम्प जाँदैछ भन्ने हल्ला गरेमा त्यसको पछि लाग्नु हुँदैन । यदि, भूकम्प गइहालेमा घर, पूल र बिजुलीका लाइनमा क्षति हुने हुनाले त्यसबेला सतर्क रहनुहोस् र आफ्नो सुरक्षित स्थान तय गर्नुहोस् ।

यी हुन् भूकम्प जानुअघि र गएपछि अप्नाउनुपर्ने सतर्कताहरुः

–भूकम्प जतिबेला पनि जाने भएकोले मानसिक रुपमा तयार हुनुहोस् र झटपट झोलाको तयारी आफ्नो घर, कोठमा वा निवासमा राख्नुहोस् । त्यसमा आधारभूत सामानहरु राखेर टिपेर हिड्न मिल्ने सहज स्थानमा राख्नुहोस् ।
–भूकम्पपछि समुहमा बस्नुभएको छ भने स्वास्थ्य र सरसफाईमा ध्यान दिनुहोस् ।
–भूकम्प गएलगत्तै घरभित्र हुनुहुन्छ भने बाहिर निस्कन सहज भएमात्र झटपट निस्कनुस् नभए कोठाका सुरक्षित स्थानहरु जस्तैः पलङको आड वा मूनि, पिलरको छेउ लगायतका स्थानमा बस्नुहोस् ।
आफ्नो साथमा मोबाइल लगायतका सञ्चारका साधन छन् र आफु भूकम्पमा परियो भने तत्काल आफन्तलाई सुचना दिन नबिर्सनुस् । आफु कहाँ र कस्तो अवस्थामा रहेको सबै बताउनुस् ।
–भूकम्पछि परिवार र समुदायको हेक्का राख्नुस् ।
–खानेपानी र खानेकुराको जोहो गर्न ध्यान दिनुस् ।
–दिशापिसाव कहाँ गर्ने भनेर ख्याल राख्नुहोस् । दिशापिसाव निश्चिततोकिएको ठाउँमा मात्र गर्नुहोस् ।
–भूकम्पपछि फैलिने महामारीले धेरैको मृत्यु भएको हुनसक्छ, महामारीको कारक तपाई नबन्नुहोस् ।
–सम्भव भएसम्म पानी उमालेर खानुहोस् । नत्र शुद्ध पानी मात्र पिउनुहोस् ।
–भत्किएका भवन, संरचना र भग्नावशेषमा पुरिएका, च्यापिएका र थुनिएका व्यक्तिहरुको उद्धारमा विशेष सावधानी अप्नाउनहोस् ।
–तालिम नलिएको व्यक्ति र आवेगमा आएर गरिने उद्धारले थप क्षति हुनसक्छ ।
–आफु सुरक्षित र सबल हुनुहुन्छ भने समुदायलाई सहयोग गर्न हरपल तयार रहनुहोस् । काठमाण्डु टुडेबाट

YOUR REACTION?

Facebook Conversations