लामो समय कोरियामा बिताएका उनले प्रवास अत्यन्तै गाह्रो काम भएको बताएका छन् । उनले भनेका छन् जुन अहिले कोरियामा आत्म हत्याका घटनाहरु दिन प्रती दिन बढदा छन यस्का लागी बेलैमा सचेत हुनु जरुरी छ ।
Source www.osnepal.com

मधुसूदन ओझा कोरिया प्रवासी मजदुर संगठनका उपाध्यक्ष हुन् । लामो समय कोरियामा बिताएका उनले प्रवास अत्यन्तै गाह्रो काम भएको बताएका छन् । उनले भनेका छन् जुन अहिले कोरियामा आत्म हत्याका घटनाहरु दिन प्रती दिन बढदा छन यस्का लागी बेलैमा सचेत हुनु जरुरी छ ।

मधुसूदन आफ्नै अनुभव यसरी लेख्छन्

सुरुमा म पनि ठुलो सपना बोकेर कोरिया आएको थिए जब म कम्पनी मा आइपुगे तब मलाई कोरिया को हकिगत बारे थाहा भयो कार्य स्थल मा काम सिकाउने एक जना नेपाली दाई हुनुहुन्थ्यो र अर्को एक जना कोरियन फुजाङ निम जुन हामी लाई काम गराउथ्यो । फलाम को काम गाह्रो भए पनि सुरु मा गर्छु भन्ने शोच बनाए तर कार्य स्थल मा काम गर्दा बेला बेला मा कोरियन फुजाङ र साहुले गाली गर्ने हात पात गर्न खोज्ने खान खाने बेला मा तैले काम राम्रो गरेन भने ३बर्श सम्म थोरै काम दिएर राख्छु भन्ने ।

अलि डराउने मान्छे छ भने कुट पिट गर्ने नेपाल पठाइ दिन्छु भन्ने आदी नराम्रा व्यवहाँर गर्ने गर्थ्यो मैले यसरि कुटाई को सिकार हुन पुगे का एक जना साथी जुन म भन्दा पनि लास्टै तनाव मा पुग्नु भा थ्यो उहालाई होप दिने गर्थे चिन्ता गर्नु पर्दैन सब ठीक हुन्छ भनेर कुरै कुरा मा तनाव भएर वहाँ ले एक पल्ट त आत्म हत्या गर्न मन लाग्छ भन्नु भो अनिल गुरुङ सर सित कुरा गर्दै गर्दा । अनिल सर ले पनि सम्झाउनु मलाई नि भन्नु भो भाई टेक के यर मैले पनि आफ्नो दुख बिर्सेर पनि साथी लाई होप दिन्थे हालकी मेरो पनि अवस्था त्यस्तै हो ।

सुरु मा कोम्पनी मा आउँदा फुजाङ ले त गाली गर्थ्यो गर्थ्यो नेपाली दाई ले पनि राम्रो सङ बोल्नु हुन्न थ्यो भन्नु हुन्थ्यो काम राम्ररी गरेन भने त लाई काम दिन्न भन्छ । इलिगल बनाउन सक्छ आदी आदी दिन भरि काम र गाली ले तनाव मा भइन्थ्यो भने अर्को आफ्नै नेपाली साथी कै कारण ले पनि तनाव हुन्थ्यो ।कयौ दिन रात भरि तनाव ले न सुतेर पनि काम गरियो गर्दै जादा पछी आएर मेरो कमर मा प्रोब्लम आयो डाक्टर को मा गए रेस्ट गर भनेर लेखी दिए छ कम्पनी मा बुझाउदा नेपाल जा तैले मरे पनि अर्को कम्पनी पठाउन्न भन्थ्यो ।

अनि म बिभिन्न व्यक्ती सघ सस्था मा गएर प्र यास गरे र म प्रवासी मजदुर सघ मा पनि सदस्य छु यमटियु र केसिटियुले मिलेर ठुलो रेली गर्ने योजना बनाएर सुचित गरे पछी कोम्पनी झुक्न बाध्य भयो र मैले रिलिफ पाए म जस्ता १०००औ १००० साथी हरु अहिले पनि सेम समस्या झेली राखे काछ्न ।जा पनि मैले यमटियु को प्रोगराम मा जान्छु या साथी हरु फोन गर्नु हुन्छ अहिले कम्पनी ले जबर्जस्ती काम गराएकै केस जादा छन एक त काम को तनाव माथी बाट कोरियन ले गर्ने अभद्र बेवहाँ र साथै आफ्नै साथी भाई सहयोग न गर्ना ले पनि तनाव हुदो रहेछ ।

आत्म हत्या को कारण यी पनि हुन सक्छ्न मेरो बिचारमा

१ सबै भन्दा प्रमुख समस्या को जड अहिले को ईपियस पद्द्ती नैहो यस पद्द्ती मा सम्पुर्ण अधिकार रोजगार दाता मा निर्हित छ हामी ले आफु खुशी कोम्पनी चेन्ज गर्न पाउदैन जती सुक्कै नराम्रो भएमा कामगर्न गाह्रो भए मा र काम गर्ने वातावरण न मिले पनि साहुले हामी लाई न पठाउदा सम्म बस्नु पर्‍यो यस्ले गर्दा बिभिन्न तनाव उत्पन्न हुने गर्छ र पछी गएर तनाव बढदै जान्छ र समस्या उत्पन्न हुन्छ ।यस्को लागी इपियस पद्द्ती बाधक भएको ले यस पद्धती लाई हटाएर९या सुधार गरेर ० डब्लु पियस पद्धती लागु गरेमा हामी ले स्वतन्त्र रुप मा कम्पनी चेन्ज गर्न पाउनु का साथै हाम्रा सम्पुर्ण काम गर्ने पाउने अधिकार यस पद्धती बाट सुनिस्चित हुने हुँदा धेरै समस्या सामाधान हुन्छ ।

२  जुन हाम्रा समवन्धित निकाय राजदुतावास र बिभिन्न सघ सस्था हरु ले पनि खासै सहयोग र सम न्वय गरे को देखिदैन गरे पनि साहुले भने कै आधार मा सत्य तथ्य नबुझी हामी कार्य स्थल मा बिभिन्न समस्या मा परे लाई साथ दिनु को साटो फोन बाट नै जा पनि काम गर्ने हो साहु त राम्रै रहेछ काम गरन भन्नू हुदो रहेछ । यसो हुँदा तनाव मा हुने मान्छे लाई झन तनाव उत्पन्न हुन्छ र चारै तिर बाट सहयोग नपाउदा मनस्थिती कमजोर हुँदै गयो भने नराम्रो कदम पनि उठाउन सक्छ ।जुन आत्म हत्या भ ई सके पछी सो स्थल को रिपोट सो पनि साचो हुन्छ भन्ने छैन सङ्गै बस्ने साथी लाई पनि साहुले बिभिन्न डर त्रास देखाउन सक्छ र कम्पनी भन्दा मजदुर कै कमजोरी देखाउन बाध्य तुलाउन सक्छ सत्य तथ्य बाहिर न निस्केर मजदुर लाई नै जवाफ देही बनाईन्छ ।यस्को लागी यस्ता घटना भए को ठाउ को गहिरो अध्य यन गर्ने र बिभिन्न पिर मर्का मा परे का साथी लाई फोन बाट कुरा सुनेर साहु को सपोट मा बोल्नु भन्दा पनि हाम्रो कुरा पनि सुनी दिने गर्नु पर्छ र कार्य स्थल मै गएर सहयोग गर्ने गरे मा भोली सबै ले अपठ्यारो परेमा सम्वन्धित निकाय मा सम्पर्ग गर्छन अहिले त हाम्रो भावना नै यस्तो छ कि कसै ले पनि हेल्प गर्दैन भन्ने बिगत का दिन मा यस्तो भएको पनि देखिन्छ ।

३ हामी ले कोरिया आउँदा धेरै ठुलो सपना बोक्ने गर्छौ र परिवार ले पनि त्यै अनुसार को आस गर्छ । जस्तो कि शहर को बिचोबिच ठुलो घर बनाउने कार किन्ने आदी यावत कुरा र कोरिया आउँदा बिभिन्न साथी भाइ तथा भैसेपाटी मा हामी लाई तालिम दिने केहि सर हरु ले कोरिया जानु भने को करोड पती हुनु हो भनेर बिभिन्न सपना बोकाउने काम गर्छन र कोरिया आए पछी विस्तारै सबै सपना हरु टुटे जस्तो फिल हुन्छ र तनाव बढदै जादा नराम्रो कदम उठाउन सक्छ ।
यस्को लागी हामी लाई कोरिया आउनु पुर्व नै भाषा पढाउने ठाउ देखी लिएर इपियस कार्यालय र नेपाल सरकार ले नै बिसेस पहल गरेर कोरिया आउने सबै लाई बस्तु स्थिती बारे ब्यापक प्रचार प्रसार गर्नु जरुरी छ कोरिया मा साहुले गर्ने बिहेप र हामिले गर्ने फोहर काम को बारे मा ।

४ भाषा सिकाउने सघ सस्था ले कोरिया को राम्रो बुदा मात्र न भएर हप्ता मा एक दिन कोरिया को फोहर काम र नराम्राकुराले हुन बिभिन्न तनाव र समाधान सम्वन्धी क्लास दिनु जरुरी छ ।

५ कोरिया मा कार्य स्थल मा आफ्नै सिनियर साथी को कारण ले पनि तनाव उत्पन हुने गर्छ हाम्रो सम्वन्धित निकाय ले यस्था तनाव दिने कोम्पनी र साहु पत्ता लगाई बेलै मा वार्निङ दिने पिडित लाई प्रोत्साहन दिने गर्ने गरे मा सायद राम्रो हुन्थो होला

६ हाम्रो घर परिवार बाट पनि कहिले काही जादा नै आस राख्ने गरिन्छ । जस्तो कि पडौसी को छोरा ले ३ कमाउछ तैले पनि अलि जादा हुने काम खोज भनेर दवाव दियो भने पनि तनाव हुने गर्छ एक त साहुले कम्पनी फेर्न न दिने तनाव अर्को परिवार ले दिने तनाव यस्को लागी हाम्रो परिवार ले पनि बुझी दिनुपर्ने हुन्छ नेपाल मा रहेको इपियस कार्यालय ले पनि बेला बेला मा हाम्रो घर परिवार ला यसो सोच नराख्न सुजाब दिनुपर्छ ।

७  हामी आफै ले तनाव मुक्त हुन दैनिक योगा गर्ने बिभिन्न कोमेडी प्रोग्राम हरु हेर्ने । तनाव छ भने एक आपस मा साथी भाइ मा सेयर गने र साथी भाइ ले पनि तनाव न लिन उत्साहित गराउने ।
८  हाम्रा बिभिन्न सघ सस्था र निकाय ले एक आपस मा सम न्वय गरेर बेला बेला मा बिभिन्न मनोरन्ज तथा तनाव मुक्त हुने कार्यक्रम हरु आयोजना गर्ने

९ हामी आफु पनि लाखौ कामाए कै छ भेनेर पनि बिभिन नराम्रा कुलत तिर लागेर पनि तनाव सिर्जना हुने गर्छ । यस्ता कुलत बाट बच्न जरुरी छ । अन्त मा बिसेस त हाम्रो हित का हिमायती बिभिन्न सघ सस्था र हाम्रो राज दुतावास ले दिनानु दिन बढदै गए का आत्म हत्या का घटना बाट निदान पाउन समय मै कदम चाल्नु जरुरी देखिन छ । यस्को लागी सत्य तथ्य पत्ता लगाएर समाधान को लागी पहल चाल्न जरुरी देखिन्छ ।

YOUR REACTION?

Facebook Conversations