भनिन्छ नि मानिसहरुले आ आफ्ना खराब बानीहरु त्याग्नु पर्दछ । तर यहाँ केही यस्ता खराब बानीहरु छन् जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । जो व्यक्तिहरु आफ्ना खराब बानी त्याग्न नसकेर बसिरहेका छन् उनीहरुका लागि भने यो शुभ खबरका साथै राम्रो खुराक हुन सक्दछ ।

गाली गर्नु : यदि तपाई एकदमै रिसले चुर भएर कसैलाई गाली गर्नुहुन्छ भने पक्कै पनि त्यहाँ तपाईको कुनै शिष्टाचार हुँदैन तर पनि तपाई पीडा तथा दुःख क मगर्न स्वास्थ्यका लागि यो एकदमै अमूल्य चिज हो । न्यूरोरिपोर्ट जर्नलमा छापिएको एक शोधका अनुसार गाली गर्नाले शरीरमा फाइट अर फ्लाइट रेस्पोन्स बढाउने काम गर्दछ ।

बियर पिउनु : सायद बियर पिएर मानिसले आफूलाई खराब व्यक्ति भन्न सक्दछ तथा आफूलाई जड्याँहा नै मान्न सक्दछ तर यो खराब आदत शरीरका लागि फाइदाजनक पनि रहेको अनुसन्धानबाट पुष्टि भएको छ । यसले ह्दयको रोगहरुको खतरालाई कम गर्दछ । युरोपियन जर्नल अफ एपिमेडियोलोजिमा प्रकाशित शोधले थोरै मात्रामा बियर पिउनु ह्दय रोगको खतरालाई ३१ प्रतिशतले घटाउने जानकारी दिएको छ ।

नकारात्मक सोच : नकारात्मक सोच एक सकारात्मक पक्ष पनि हो । पीएलओएस जर्नलमा छापिएको शोध अनुसार नकारात्मक भावनालाई जसले गम्भीर रुपमा लिइरहेको हुन्छ ऊ भावनात्मक रुपमा अधिक मजबुत र बलियो भएका हुने र आफ्नो हेरचाह राम्रोसँग गर्न सक्ने बताएको छ ।

कुराकानी गर्नु : यदि तपाई अरु कोहीसँग कुराकानी गर्दै कार्य गर्नुहुन्छ भने तपाई सामाजिक व्यक्तित्व हुन सक्नुहुन्छ । यो कुरा सोसल साइकोलजिकल एन्ड पर्सनालिटी साइन्स जर्नलले एक शोधमा कुराकानी गर्ने व्यक्तिले व्यक्तित्वलाई हल्का गराउने र काममा प्रभासिवत गर्ने कुरा खुलासा गरेको हो ।

चुइगम चपाउनु : हामी चुइगम चपाउनुलाई अशिष्ट र नराम्रो मान्ने गर्दछौं । तर एपेटाइट जर्नलमा प्रकाशित एक शोधले भने चुइगम चपाउने व्यक्तिको दिमाग तेज हुने बताएको छ । चुइगम चपाउनुलाई बौद्धिक अभ्यास पनि मान्ने गरिन्छ ।

YOUR REACTION?

Facebook Conversations