वेद हाम्राे सबैभन्दा प्रचीन ग्रन्थ हाे। वास्तवमा वेदलार्इ परमात्माकाे अनमाेल वाणी मानिन्छ जसले मानवलार्इ व्यावहारिक रूपमा जीवन जिउन सिकाउँछ।

वेद हाम्राे सबैभन्दा प्रचीन ग्रन्थ हाे। वास्तवमा वेदलार्इ परमात्माकाे अनमाेल वाणी मानिन्छ जसले मानवलार्इ व्यावहारिक रूपमा जीवन जिउन सिकाउँछ। त्यसैले अाउनुहाेस् अाज हामी तपार्इंलार्इ मानव जीवनसँग प्रत्यक्ष जाेडिएका १५ श्लाेकहरूका बारेमा सविस्तार जानकारी गराउँछाैँ जुन तपार्इंकाे जीवनसँग पनि प्रत्यक्ष जाडिएकाे छ।

।। सं गच्छध्वम् सं वदध्वम्।। (ऋग्वेद १०.१८१.२)

अर्थात्: सँगै हिंडाैँ मिलेर बोलाैँ। जुन सनातन मार्गमा तिम्रा पूर्वजहरू हिंडे तिमी पनि त्यही मार्गकाे अनुसरण गर ।

 दार्शनिक, सन्त, साहित्यकार, नीतिज्ञ र वैज्ञानिकहरूकाे विचारलार्इ अध्ययन मनन गर्नाले जीवनमा धेरै फाइदा हुन्छ। मौर्यकालमा एकातिर नीतिज्ञमा चाणक्यकाे नाम विख्यात थियाे भने अर्कातिर दार्शनिक र मनोवैज्ञानिकहरूमा पाणिनी र पतञ्जलिकाे नाम सम्मानका साथ लिने गरिन्थ्याे। वैज्ञानिकहरूमा पिङ्गल, वाग्भट्ट, जीवक आदि महान् वैज्ञानिक थिए। हुनत भारतवर्षमा यसभन्दा अगाडि महाभारत कालमा त अरू पनि महानतम विद्वान् मानिसहरू थिए।

पहिलाे श्लोक : ।।ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्।। -ऋग्वेद

अर्थ : त्याे प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालार्इ हामी अंत:करणमा धारण गराैँ। त्याे परमात्मा हाम्राे बुद्धिलार्इ सन्मार्गमा प्रेरित गराेस्।

यस मन्त्र वा ऋग्वेदकाे पहिलाे वाक्यकाे निरन्तर ध्यान गरिरहनाले व्यक्तिकाे बुद्धिमा क्रान्तिकारी परिवर्तन आउँछ। उसकाे जीवन अचानक नै बदलिन सुरू हुनेछ। यदि व्यक्ति कुनै पनि प्रकारका रक्सी, मासु खाने तथा क्रोध आदि खराब कर्मकाे शिकार हुन्छ भने उसकाे पतन पनि त्यतिकै तीव्र गतिमा हुनेछ । याे पवित्र र चामत्कारिक श्लोक हाे। यसकाे ध्यान गर्नु पूर्व  यसका नियम र सर्तहरूलार्इ बुझ्नुपर्छ ।

दाेस्राे श्लोक : ।।उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत।। क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति।।१४।। -कठोपनिषद् (कृष्ण यजुर्वेद)

अर्थ : (हे मनुष्यहरू) उठ, जाग (सचेत होअाे)। श्रेष्ठ (ज्ञानी) पुरुषहरूलार्इ प्राप्त (उनीहरूसँग गएर) गरी ज्ञान अार्जन गर। त्रिकालदर्शी (ज्ञानी पुरुष) उक्त पथ (तत्वज्ञानकाे मार्ग) लार्इ चक्कुकाे तीक्ष्ण (नाघ्नलार्इ कठिन) धार समान ( सदृश) दुर्गम (घोर कठिन) मान्दछन्।

तेस्राे श्लोक : ।।प्रथमेनार्जिता विद्या द्वितीयेनार्जितं धनं। तृतीयेनार्जितः कीर्तिः चतुर्थे किं करिष्यति।।

अर्थ : जसले प्रथम अर्थात् ब्रह्मचर्य आश्रमान विद्या अार्जन गरेन, द्वितीय अर्थात् गृहस्थ आश्रममा धन अार्जन गरेन, तृतीय अर्थात् वानप्रस्थ आश्रममा कीर्ति अार्जन गरेन भने त्यसले चतुर्थ अर्थात् संन्यास आश्रममा के गर्ला ?

चौथा श्लोक : ।।विद्या मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च।रुग्णस्य चौषधं मित्रं धर्मो मित्रं मृतस्य च।।

अर्थात : प्रवास वा विदेशकाे मित्र विद्या, घरकाे मित्र पत्नी, राेगीहरूकाे मित्र औषधि तथा मृत्योपरान्तकाे मित्र धर्म नै हुन्छ।

पाँचाैँ श्लोक : ।।ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतं गमय।।

अर्थात : हे ईश्वर (हामीलार्इ) असत्यबाट सत्यतिर लैजाउ। अन्धकारबाट प्रकाशतिर लैजाउ। मृत्युबाट अमरतातिर लैजाउ।उपर्युक्त प्रार्थना गरिरहनाले व्यक्तिकाे जीवनबाट अन्धकार हटेर जानेछ।अर्थात् नकारात्मक विचार हटेर सकारात्मक विचारकाे जन्म हुनेछ।

छैठाैँ श्लोक: ।। ॐ सह नाववतु। सह नौ भुनक्तु। सह वीर्यं करवावहै। तेजस्विनावधीतमस्तु मा विद्विषावहै।।१९।। (कठोपनिषद -कृष्ण यजुर्वेद)

अर्थात : परमेश्वर हामी शिष्य र आचार्य दूबैलार्इ एकसाथ रक्षा गर्नुहाेस्, हामी दुबैलार्इ एकसाथ विद्याकाे फल भोग गराउनुहाेस्, हामी दुबैलार्इ एकसाथ मिलेर विद्या प्राप्त गर्ने सामर्थ्य प्रदान गर्नुहाेस् , हामी दुबैकाे पढाइ तेजस्वी होस्, हामी दुबै परस्पर द्वेष नगराैँ। यस्ता किसिमका  भावना राख्नेहरूकाे मन निर्मल हुनेछ। निर्मल मनबाट नै निर्मल भविष्यकाे उदय हुन्छ।

साताैँ श्लोक : ।। मा भ्राता भ्रातरं द्विक्षन्‌, मा स्वसारमुत स्वसा। सम्यञ्च: सव्रता भूत्वा वाचं वदत भद्रया।।२।। (अथर्ववेद ३.३०.३)

अर्थात : भाइ, भाइसँग द्वेष नगरून्, बहिनी, बहिनीसँग द्वेष नगरून्, समान रूपमा एक-अर्काकाे आदर- सम्मान गर्दै परस्पर मिलिजुली कर्म गर्ने वा एकमतले प्रत्येक कार्य गरी भद्रभावबाट परिपूर्ण भएर सम्भाषण गरून्। यस्ताे खालकाे भावना राख्नाले कहिल्यै गृहकलह हुँदैन र संयुक्त परिवारमा बसेर व्यक्ति शान्तिमय जीवन व्यतितगरी सर्वांगिण उन्नती गर्ने गर्दछ।

आठाैँ  श्लोक : ।।यथा द्यौश्च पृथिवी च न बिभीतो न रिष्यतः। एवा मे प्राण मा विभेः।।१।।- अथर्ववेद

अर्थ : जसरी आकाश र पृथ्वी न भयग्रस्त हुन्छन्  न यिनीहरूकाे नाश नै हुन्छ, त्यसरी नै हे मेराे प्राण! तँ पनि भयमुक्त हाे। अर्थात् व्यक्तिले कहिल्यै कुनै पनि प्रकारकाे भय पाल्नु हुँदैन। भयबाट एकातिर शारीरिक रोग उत्पन्न हुन्छन् भने अर्कातिर मानसिक रोग पनि जन्मछन्। डराएकाे व्यक्तिकाे कहिल्यै पनि कुनै किसिमकाे विकास हुँदैन। संयमताूर्वक निर्भिक हुनु जरूरी छ। ईश्वरसँग मात्र डर मान।

नवाैँ श्लोक : ।।अलसस्य कुतः विद्या अविद्यस्य कुतः धनम्। अधनस्य कुतः मित्रम् अमित्रस्य कुतः सुखम्।।

अर्थ : अल्छीलार्इ विद्या कहाँ, अनपढ वा मूर्खलार्इ धन कहाँ, निर्धनकाे मित्र कहाँ र अमित्रलार्इ सुख कहाँ ?

दसाैँ श्लोक :आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपु:। नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति।।

अर्थात् : मनुष्यहरूकाे शरीरमा रहने आलस्य नै (उनीहरूकाे) सबभन्दा ठूलाे शत्रु हुन्छ। परिश्रम जस्ताे अर्काे (हाम्राे) कुनै अन्य मित्र हुँदैन किनभने परिश्रम गर्ने (मानिस) कहिल्यै दुःखी हुँदैन।

एघाराैँ  श्लोक : ।।शरीरमाद्यं खलु धर्मसाधनम्।। -उपनिषद्

अर्थ : शरीर नै सबै धर्म (कर्तव्यहरू) पूरा गर्ने साधन हाे।

अर्थात : शरीरलार्इ स्वस्थ बनार्इ राख्नु अनिवार्य छ। यही शरीर हुनाले अरू सबै हुने हाे । अत: शरीरकाे रक्षा र यसलार्इ निरोगी राख्नु मनुष्यकाे सर्वप्रथम कर्तव्य हुन अाउँछ। पहिलाे सुख निरोगी काया हाे ।

बाह्राैँ  श्लोक : ब्रह्मचर्येण तपसा देवा मृत्युमपाघ्नत। (सामवेद११.५.१९)

अर्थ : ब्रह्मचर्यकाे तपले नै देवहरूले मृत्युमाथि विजय प्राप्त गरे।

अर्थात : मानसिक र शारीरिक शक्ति संचय गरी राख्नु अत्यन्त जरूरी छ। यही शक्तिकाे बलले नै मनुष्य मृत्युमाथि विजय प्राप्त गर्न सक्छ। शक्तिहीन मनुष्य त कुनै पनि कारणले मुत्युकाे शिकार हुन सक्छ। ब्रह्मचर्यकाे अर्थ र यसकाे महत्वलार्इ बुझ्नु जरूरी छ।

तेह्राैँ श्लोक: ।। गुणानामन्तरं प्रायस्तज्ञो वेत्ति न चापरम्। मालतीमल्लिकाऽऽमोदं घ्राणं वेत्ति न लोचनम्।। 

अर्थ  : गुणहरू, विशेषताहरूमा अंतर प्रायः विशेषज्ञहरू, ज्ञानीजनहरू नै थाहा पाउँछन् ।अरूले कदापि सक्दैनन्। जसरी चमेलीकाे वास्ना नाकबाट नै थाहा पाउन सकिन्छ, अाँखाबाट हाेइन ।

चौधाैँ श्लोक : ।। येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः । ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।।

अर्थ : जाेसँग विद्या, तप, ज्ञान, शील, गुण र धर्ममध्ये केही पनि छैन त्याे मनुष्य यस्ताे जीवन व्यतीत गर्दछ जस्ताे एक मृग।

अर्थात : जुन मनुष्यले कुनै पनि प्रकारकाे विद्या अध्ययन गरेकाे छैन, न त उसले व्रत र तप गरेकाे छ, धेरथाेर अन्न-वस्त्र-धन वा विद्या दान गरेकाे छैन, न त त्यसमा कुनै पनि प्रकारक ज्ञान छ, न शील छ, न गुण छ र न धर्म छ। यस्ताे मानिस यस धर्तीकाे बाेझ हुन्छ। यस्ताे मानिस मनुष्य रूपमा हुँदाहुँदै पनि पशु समान जीवन व्यतीत गर्दछ।

पन्ध्राैँ श्लोक : ।।सहसा विदधीत न क्रियामविवेकः परमापदां पदम्। वृणते हि विमृश्यकारिणं गुणलुब्धाः स्वयमेव संपदः।।

अर्थ : अचानक (आवेशमा आएर बिना सोचविचार) कुनै कार्य गर्नु हुँदैन किनभने विवेकशून्यता सबभन्दा ठूलाे विपत्तिकाे का घर हो। (यसकाे विपरीत) जुन व्यक्ति सोचविचार गरेर कार्य गर्दछ, गुणहरूबाट आकृष्ट हुने माता लक्ष्मी स्वयं नै त्यसलार्इ राेज्दछिन्। सनातन धर्म संस्कृतिकाे जगेर्ना गर्दै धार्मिक जागरण र अाध्यात्मिक उद्बाेधन गरार्इ समाजमा सुसंस्कारलार्इ प्रश्रय गराउने बृहत्तर उद्देश्यले याे लेख हामीले एक भारतीय अनलाइनबाट नेपालीमा भाषानुवाद गरी यहाँसमक्ष प्रस्तुत गरेका छाैँ । भाषा अनुवादक कुमार पाैडेल

Source-www.omkardarpan.com

YOUR REACTION?

Facebook Conversations