हिन्दू धर्म अनुसार मृत्युपछि आत्माकाे मुख्य गरेर तीन प्रकारका गति हुन्छन्- १.उर्ध्व गति, २.स्थिर गति र ३.अधोगति। यसलार्इ नै अगति र गतिमा विभाजन गरिएकाे छ। भनाइकाे तात्पर्य के हाे भने हिन्दु धर्म शास्त्र अनुसार मृत्युपछि अात्माकाे कुन गति हुन्छ भन्ने सन्दर्भमा विस्तृत व्याख्या गर्दै यस क्रममा यी तीन गतिहरूकाे उल्लेख गरिएकाे छ ।

हिन्दू धर्म अनुसार मृत्युपछि आत्माकाे मुख्य गरेर तीन प्रकारका गति हुन्छन्- १.उर्ध्व गति, २.स्थिर गति र ३.अधोगति। यसलार्इ नै अगति र गतिमा विभाजन गरिएकाे छ। भनाइकाे तात्पर्य के हाे भने हिन्दु धर्म शास्त्र अनुसार मृत्युपछि अात्माकाे कुन गति हुन्छ भन्ने सन्दर्भमा विस्तृत व्याख्या गर्दै यस क्रममा यी तीन गतिहरूकाे उल्लेख गरिएकाे छ ।

वेदहरू, उपनिषदहरू र गीताका अनुसार मृत्यु उप्रान्त आत्माका ८ प्रकारका गतिहरू हुन्छन् भनिएकाे पाइन्छ। यी गतिहरूले नै आत्माकाे दशा र दिशा निर्धारण गर्दछन्। अात्मा विशेष गरी चित्तकाे अवस्था र कर्मानुसार संचालित हुन्छन्। यी आठ गतिहरूलार्इ नै मूलत: दुर्इ भागमा बाँडिएकाे छ- १.अगति र २. गति।

१. अगति : अगतिमा परेकाे व्यक्तिकाे मोक्ष हुँदैन र त्यस व्यक्तिकाे पुनर्जन्म हुनेछ।

२. गति : गतिमा परेकाे जीव कुनै दिव्य लोकमा जान्छ।

*अगतिका प्रकार : अगति चार प्रकारका छन्- १.क्षिणोदर्क, २.भूमोदर्क, ३. अगति र ४.दुर्गति।

*क्षिणोदर्क : क्षिणोदर्क अगतिमा परेकाे जीव पुन: पुण्यात्माका रूपमा मृत्यु लोकमा अाउँछ र सन्तहरूजस्तै जीवन बिताउँछ।

*भूमोदर्क : भूमोदर्कमा परेकाे जीव सुखी र ऐश्वर्यशाली जीवन पाएर मृत्युलाेकमा अाउँछ।

*अगति : अगतिमा परेकाे जीव नीच वा पशु जीवनमा खस्दछ।

*दुर्गति : गतिमा परेकाे जीव किरा फट्यांग्राकाे जीवन भाेग्न बाध्य हुनेछ।

*गतिका प्रकार : गति अन्तर्गत चार लोक दिइएकाे छ: १.ब्रह्मलोक, २.देवलोक, ३.पितृलोक र ४.नर्कलोक। जीव अाफ्नाे कर्म अनुसार उक्त लोकहरूमा जानेछ।

जब व्यक्तिकाे मृत्यु हुन्छ तब त्याे व्यक्ति यस्ताे मार्गमा जानेछ...

पुराणहरूका अनुसार जब कुनै मनुष्यकाे मृत्यु हुन्छ वा आत्माले शरीरलार्इ त्याग गरेर अाफ्नाे यात्रा प्रारम्भ गर्दछ त त्यस क्रममा त्यस जीवले तीन प्रकारका मार्ग भेटाउँछ। के भनिन्छ भने त्यस आत्माले कुन गति वा मार्ग पाउँछ भन्ने कुरा केवल त्यसका कर्महरू माथि निर्भर हुन्छ।

ती तीन मार्ग हुन्अर्चि मार्ग, धूम मार्ग र उत्पत्ति-विनाश मार्ग। अर्चि मार्ग ब्रह्मलोक र देवलोककाे यात्राका लागि हुन्छ भने धूममार्गले जीवलार्इ पितृलोककाे यात्रामा लैजान्छ र उत्पत्ति-विनाश मार्गले जीवलार्इ नर्क यात्रामा लिएर जान्छ। वेबदुनियाबाट नेपालीमा भावानुवाद

Source- www.omkardarpan.com

YOUR REACTION?

Facebook Conversations