अंकोरवाट (AngkorWat)’बिश्वको सबैभन्दा ठूलो हिन्दु परिसर तथा विश्वको सबैभन्दा ठूलो धार्मीक स्मारक हो । कम्बोडीयाको अंकोरमा अबस्थित यो मन्दिरको पुरानो नाम ‘यशोधरपुर’ हो । राजा सुर्यवर्मन द्वितीयले आफ्नो राज्य मन्दिर र राजधानीको रुपमा १२औ शताब्दीको सुरुवातमा यो मन्दिरको निर्माण गरेका थिए ।
source -https://en.wikipedia.org/wiki/Angkor_Wat

‘अंकोरवाट (AngkorWat)’बिश्वको सबैभन्दा ठूलो हिन्दु परिसर तथा विश्वको सबैभन्दा ठूलो धार्मीक स्मारक हो । कम्बोडीयाको अंकोरमा अबस्थित यो मन्दिरको पुरानो नाम ‘यशोधरपुर’ हो । राजा सुर्यवर्मन द्वितीयले आफ्नो राज्य मन्दिर र राजधानीको रुपमा १२औ शताब्दीको सुरुवातमा यो मन्दिरको निर्माण गरेका थिए । सुर्यवर्मनको कार्यकालमा यो मन्दिरको निर्माण पुरा नभएकोले ऊनका भान्जा तथा उत्तराधिकारी धरणीन्द्रवर्मनले निर्माण कार्य पुरा गरेका थिए । मन्दिरको मुख्य गजुर लगभग ६४ मीटर ऊचाईमा रहेको छ भने अन्य आठ गजुर ५४ मीटर ऊचाईमा रहेका छन । यो मन्दिर परिसरले सैकडौ बर्गमील ढाकेको छ ।

यो मन्दिर हिन्दु देवता भगवान श्री बिष्णु को मन्दिर हो । मीकाङ्ग नदीको किनार सिमरिप शहरमा निर्मित यो मन्दिर संसारको सबैभन्दा ठूलो हिन्दु मन्दिर हो । १२औ शताब्दीको सुरुवातमा निर्मीत यो मन्दिर १४औ – १५औ शताब्दीमा थेरवाद बौद्दलम्बीहरुले यो मन्दिरलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

राष्ट्रीय सम्मान को प्रतिक स्वरुप यो मन्दिरलाई १९८३ मा कंबोडियाले राष्ट्रध्वजको रुपमा स्थान दिईएको थियो । यो मन्दिर मेरु पर्वतको प्रतिक पनि हो । यस मन्दिरको भित्ताहरुमा हिन्दु धर्मग्रन्थका प्रसंगहरुको चित्रण गरिएको छ; भित्ताहरुमा अप्सराहरुका सुन्दर चित्रहरु, राक्षस र देवताहरुका बीच अमृत मन्थनका दृश्यहरु, रामायणकथा, महाभारत युद्द, हरिवंश पुराण, ईत्यादि चित्रित छन ।

विश्व सम्पदा सूची मध्येमा एक यो मन्दिर विश्वमै सबैभन्दा बढि लोकप्रिय मानिनुका साथै पर्यटक स्थलको रुपमा पनि परिचित छ । बास्तुशास्त्रको अनुपम दृश्यहरु देख्नका साथै सूर्योदय र सुर्यास्त हेर्नको लागि पर्यटकहरुको यहाँ घुईचो लाग्ने गर्दछ । धर्ममा आश्था राख्नेहरु यस पवित्र स्थानलाई तीर्थस्थल मान्दछन र दर्शन अभिलाशामा यहाँ आऊने गर्दछन । 

YOUR REACTION?

Facebook Conversations